काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । चीनमा उपचार गर्न गएका उनी आउँदो शुक्रबाट नेपाल फर्किँदैछन् ।

मंगलबार चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी ९८ दिन लामो अस्पतालको बसाइपछि डिस्चार्ज भएका हुन् ।
जटिल प्रकृतिको जण्डिसले सताएका कारण पहिला थाइल्यान्डको समितिभेज अस्पताल पुगेका पुनलाई त्यसपछि स्वास्थ्यमा सुधार नभएपछि चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज अस्पताल रिफर गरिएको थियो ।
समितिभेज अस्पतालका चिकित्सकले यहाँ भन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएपछि उनलाई चीन लागिएको थियो । उनको स्वास्थ्य राम्रो भएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।














