Logo
Logo

चिसो बढेपपिछ रौतहटका विद्यालय धमाधम बन्द हुँदै



रौतहट । चिसो तथा शीतलहरका कारण रौतहटका सामुदायिक र निजी विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् ।

बिहीबार परेको वर्षाको कारण चिसो बढेपछि रौतहटका ६ वटा स्थानीय तहले आफ्नो नगर क्षत्रको विद्यालयहरुमा विदा दिएका छन् । अत्याधिक जाडो बढ्दै गएपछि जिल्लाको कटहरिया, इशनाथ ,बैधिमाई, राजपुर, फतुवा विजयपुर र वृन्दावन नगरपालिकाले आफ्नो नगर क्षत्रको विद्यालयहरु बन्द गरेको हो ।

रौतहटको कटहरिया नगरपालिकाका प्रमुख शियाराम कुस्वाहाका अनुसार पुस २५ गतेसम्मको लागि विद्यालय बन्द गरिएको छ । कुस्वाहले सुचना जारी गर्दै पुस २५ गते सम्मको लागि नगरका सबै विद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।

यस्तै वृन्दावन नगरपालिकाले पनि सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पुस २६ गते सम्म बन्द गरेको निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिए । त्यसैरी राजपुर नगरपालिकाले २१ गते सम्म आफ्नो नगर क्षत्रको विद्यालय बन्द गरिएको बताइएको छ ।

फतुवा बिजयपुर नगरपालिकाले पुस २६ गते सम्मको लागी आफ्नो नगर क्षेत्र सम्पूर्ण विद्यालयहरु बन्द गरिएका नगरपालिकाले एक सूचना जारी गर्दै जनाएकोा छ ।

चिसो बढ्न थालेपछि रौतहटका अधिकांश विद्यालयहरुमा विद्यार्थीको संख्या समेत कमी हुन थालेपछि रौतहटका आधा दर्जन स्थानिय तहले आफने नगर क्षेत्रका विद्यालयहरु बन्द गरेको छ ।

शितलहरका कारण विद्यार्थी विद्यालय आउने अवस्था नरहेपछि रौतहटका विद्यालयहरुमा विदा दिन थालिएको शिक्षा समन्वय इकाई रौतहटका प्रमुख राम बिनय सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्