Logo
Logo

राष्ट्रियसभा बैठक आइतबार बस्ने


252
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गरेको महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।

उक्त सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्