Logo
Logo

नोबेलका विद्यार्थीको आन्दोलनमा अखिल क्रान्तिकारी ऐक्यबद्धता


504
Shares

विराटनगर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरेले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै नोबेल मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्क असुली र ज्यादती प्रति घोर आपत्ती पनि जनाएको हो ।

‘हाम्रो संगठन नोबेल कलेजमा अध्यनरत विद्यार्थीहरुले गरेको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै हामी यो आन्दोलनको साथमा रहेको जानकारी गराउँदछौं,’ घिमिरेले भनेका छन्, ‘नोबेल मेडिकल कलेजले छिटोभन्दा छिटो विद्यार्थीको माग पूरा गरोस्, यदि त्यसो नभए अखिल क्रान्तिकारी मोरङ जिल्लाले अर्को कदम चाल्ने जानकारी गराउँदछौं ।’

घिमिरेले जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षाका विद्यार्थीहरुले जायज मागहरु गर्दै विश्वविद्यालयले तोकेको शुल्क लिई चाँडोभन्दा चाँडो सहज
वातावरणमा भर्ना र पठनपाठन गराउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्