Logo
Logo

वंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाइ


189
Shares

काठमाडौं । बंगलादेशमा हुने ‘बंगबन्ध शेख मुजीव बन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाइ गरीएको छ । बिहिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।

मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाइ गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरु ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफू विश्वस्त रहेको बताए ।

पछिल्लो समय खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर भएको बताउँदै मन्त्री अथकले भने, ‘हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदैछौं, जसमार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्था हुनेछ ।’

जनवरी १० (पौष २६) गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । ४२ किलोमिटर दुरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस्