काठमाडौँ । कांग्रेस नेतृ एवम् प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सञ्चार माध्यमहरूमा आफ्नो संलग्नताबारे आएका समाचार गलत भएको दाबी गरेकी छन् ।
व्यावसायिक घराना बतास समूहसँग राणाको नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि राणाले सामाजिक सञ्जालमार्फत आफू संलग्न भएका छ वटा संस्थाहरूको विवरण प्रस्तुत गर्दै अन्य संस्थाहरूसँग आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन् ।
उनले राखेको आफू संलग्न संस्थाहरूको सूचीमा बतासको नाम छैन । तर, यसअघि बतास फाउन्डेशनको वेभसाइटमै सल्लाहकारको रुपमा उनको नाम उल्लेख थियो । त्यसबारे समाचार प्रकाशन भएपछि वेभसाइटबाट त्यो नाम हटेको छ ।
उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्–
संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।
आरजु संलग्न संस्थाहरू
- संस्थापक एवम् अध्यक्ष, सुरक्षित मातृत्व संञ्जाल महासंघ नेपाल
- अध्यक्ष, नामी
- अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, युलेन्स स्कुल
- संस्थापक अध्यक्ष तथा सल्लाहकार, ग्रामीण महिला तथा एकता केन्द्र, नेपाल
- पूर्वअध्यक्ष तथा सल्लाहकार, साथी नेपाल ।
- संरक्षक, नेपाल ब्लड डोनर्स एसोसियसन














