काठमाडौं । सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको बैठक आज पनि बालुवाटारमा बसेको छ । बिहीबार पनि उक्त समितिको बैठक बसेको थियो । आज बिहान १० बजे सुरु भएको बैठकमा बिहीबार प्रस्ताव गरिएका विषयबारे छलफल भइरहेको बताइएको छ ।

समन्वय समितिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेका छन् । पौडेलले बिहीबार बैठकमा विभिन्न १५ बुँदे प्रस्ताव छलफलका लागि पेश गरेका थिए । ती प्रस्तावबारे आज छलफल गरिएको हो ।
संसद निरन्तर चल्नुपर्ने, राष्ट्रियसभा निर्वाचन, एमसिसीलगायत विभिन्न विषयमा गठबन्धनले छलफल गरेको छ । छलफलमा गठबन्धनका ५ दलबाट ११ जना सदस्य छन् । छलफलमा गठबन्धनमा रहेका ५ दलका शीर्ष नेताहरू सहभागी छन् ।














