Logo
Logo

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी नियुक्त


252
Shares

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को शुक्रवारको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

The current image has no alternative text. The file name is: ana.jpg

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१)को खण्ड (ख) बमोजिम उनलाई उपाध्यक्ष पदमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ। ऐनअनुसार उपाध्यक्षको पदावधि ५ वर्षको हुनेछ । 

लामो समयदेखि लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त थियो । १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी आनी छोइङ डोल्माले बौद्ध मन्त्र तथा धार्मिक सङ्गीतको अध्ययन गरेकी छन् भने उनले विश्वभर बौद्ध भजन तथा मन्त्रलाई आधुनिक सङ्गीतको प्रस्तुतिमार्फत विश्वभर पुर्‍याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्