Logo
Logo

कजाकिस्तानमा रुसी सेना प्रवेश, १८ सुरक्षाकर्मीसहित दर्जनौँ नागरिकको मृत्यु



काठमाडौं । सरकारविरोधी प्रदर्शनबीच रुसी सेना कजाकिस्तान प्रवेश गरेको छ । कजाकिस्तानका राष्ट्रपतिको अनुरोधमा रुसी सेना कजाकिस्तान पुगेको बताइएको छ ।

कजाकिस्तानमा तेलको मूल्य वृद्धिको केही दिनयता विरोध चर्किएको छ । विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनिएको अन्त्र्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अधिकारीहरुका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ । मेसिन गनको फायरिङमा दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन् । तेलको मूल्यवृद्धिको विरोधमा प्रदर्शन सुरु भएको प्रदर्शनकारीले राजनीतिक रुप लिएको हो ।

राष्ट्रपति कासिम–जोमार्ट तोकायेवले यसका लागि विदेशमा प्रशिक्षित आतंकवाद गिरोहलाई जिम्मेवार रहेको आरोप लगाएका छन् । यद्यपि, उनले यसका लागि कुनै प्रमाण दिएका छैनन् ।

बुधबार एक सरकारी न्यूज च्यानलमा दिएको अन्तरवार्तामा राष्ट्रपतिले देशको बिग्रँदो स्थितिबीच सामूहिक सुरक्षा सन्धी संगठन (सीएसटीओ)सँग समर्थन मागेका थिए । सिएसटीओ रुस र ६ पूर्व सोभियत संघको राज्यको एउटा सैन्य गठबन्धन हो ।

रुसी आरआईए न्यूज एजेन्सीका अनुसार कजाकिस्तानको मद्दतका लागि पठाइएको सेनामा कथित रुपमा २५ सय सैनिक छन् ।
सिएसटीओका अनुसार यी शान्ति सेना हुन् र उनीहरुले देश र सैनिक स्थलको सुरक्षा गर्नेछन् । यो सेना थुप्रै दिन वा हप्तासम्म देशमा बस्नेछ । -एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्