Logo
Logo

ओलीको टिप्पणी- प्रचण्डको दस्तावेज फगत ‘लफाजी’ !


2.3k
Shares

फाइल फाेटाे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई ‘लफाजी’को संज्ञा दिएका छन् ।

एमालेको जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्धघाटन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका छन् । एमालेको विधान महाधिवेशनमा पार्टीको सिद्धान्त, विचार, नीति लगायतका विषयमा व्यपक छलफल भएको बताउँदै उनले माओवादीकोे महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनलाई लफाजी भनेका हुन् ।

एमालेले महाधिवेशन गर्नुभन्दा अघि विधान महाधिवेशनमा व्यापक रुपमा छलफल गरेको भए पनि केही बुद्धिजिविले विचारको बारेमा छलफल नै नगरेको भन्नु गलत रहेको भन्दै आलीले आफ्नो प्रतिरक्षा गर्ने प्रयास गरेका थिए ।

अध्यक्ष ओलीले जिल्ला अधिवेशन गर्दा सकभर सर्वसम्मत विधिबाट नेतृत्व चयन गर्न, सर्वसम्मत नभएको अवस्थामा लोकतान्त्रिक विधिबाट नेतृत्व गर्न समेत निर्देशन दिएका छन् ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिमालले ६१ जिल्लामा अधिवेशन भईरहेको बताए । मौसम र आन्तरिक तयारीका कारण हुन नसकेका १६ जिल्लामा छिटै अर्को मिति तोकेर जिल्ला अधिवेशन गरिने रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्