Logo
Logo

नौ जिल्लाका सीडीओ हेरफेर, को कहाँ पुगे (सूचीसहित)



काठमाडौं । गृह मन्त्रालयले नौ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । मन्त्रालयले इलाम, बझाङ, रुकुम पश्चिम, बाजुरा, दार्चुला, ओखलढुंगा, झापा, सुर्खेत र बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो ।

गृहले एक सहसचिवसहित १४ जना उपसचिवको सरुवा गर्दा गृहमा रहेका सहसचिव रमेश ढकाल बागलुङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएका छन् ।

मन्त्रालयमै रहेका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङ ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएका छन् । त्यस्तै, परमानन्द घिमिरे रुकुम पश्चिम र माधवप्रसाद ढुंगाना इलामको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएका छन् ।

इलामका प्रजिअ ध्रुवबहादुर खड्का, बाजुराका प्रजिअ गोपालकुमार अधिकारी, दार्चुलाका प्रजिअ सिद्धराज जोशी र ओखलढुंगाका प्रजिअ बन्दना राई गृहमन्त्रालय तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्