Logo
Logo

काठमाडौंका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र लिन सकिने


5.2k
Shares

काठमाडौं । यहाँका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको हो ।

गएको मंसिर १ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट पनि अनलाइन सेवाका लागि दर्ता स्टेशन थप गरिएको विभागले जनाएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी अर्थात ई–पासपोर्टको अनलाइन आवेदन लिने सेवा छैन ।

प्रतिक्रिया दिनुहोस्