Logo
Logo

कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानी सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र मोको एपबीच फोकसवन पेमेन्ट सोलुसनको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र फोकसवन पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।

मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । कामना सेवा विकास बैंक भिसा कार्ड प्रयोगकर्ताले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् । टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन नपर्ने जनाएको छ ।

काठमाडौं –३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक एक्सटेन्सन काउन्टर र एक शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको र समयसापेक्ष सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्