काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि अध्यक्ष नेपाललाई कोरोना संक्रमण लागेको पुष्टि भएको छ ।
‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ लगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण बढदै गएपछि सरकारले सार्वजकि कार्यक्रममा कडाइका साथै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
राजनीतिक दलहरुले आफ्ना पूर्वनिर्धारित कार्यक्रम समेत स्थगित गरेका छन् । राजनीतिक दलका सभा, भेला, सम्मेलन लगायतका कार्यक्रम स्थगित भइरहेको छ ।












