Logo
Logo

देउवा नेतृत्वको सरकार ६ महिनामै असफल : प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ६ महिनामै असफल भएको टिप्पणी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै सरकार असफता तर्फ उन्मुख भएको बताएका हुन् ।

उपमाहासचिव ज्ञावलीले सर्वोच्च अदालतको परमादेशले सरकार बनेको बताउँदै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको बताए ।

उनले संसदको अवरोध चाडो अन्त्य होस भन्ने एमालेले चाहेको बताउँदै संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्