Logo
Logo

एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने



काठमाडौं । नेकपा एमालेले कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

यसका लागि शनिबार पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

बिहान १० बजे बालुवाटारमा पुगेर एमालेले ध्यानाकर्षण गराउन लागेको हो । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै जाँदा एमालेले सरकारलाई ध्यानाकर्षण पत्र मार्फत प्रभावकारी रुपमा कोरोना नियन्त्रणमा पहल थाल्न आग्रह गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्