Logo
Logo

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सत्तारुढ संयन्त्रको बैठक बस्दै



काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा भोलि बस्ने भएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्ताले समन्वय समितिको बैठक भोलि बिहान नौ बजे बालुवाटारमा बस्ने निर्णय गरेको हो ।

मंगलबार बस्ने समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे निणर्य गर्नेछ । र, त्यसैको आधारमा सरकारले मिति तोक्ने छ ।

प्रतिक्रिया दिनुहोस्