Logo
Logo

माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने सीसीएमसीसीको निर्णण



काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यायले संचालन गर्ने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न सीसीएमसीसीको बैठकले यसअघि बन्द गरिसकिएका विद्यालय खोप अभियान अवधिभरका लागि संचालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले यसअघि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले १२ देखि १८ वर्ष भित्रका विद्यार्थीलाई कोरोनो विरुद्धको खोप प्रदान गर्ने कार्यक्रम तय गरेको छ । सोही कार्यक्रम अन्र्तगत माघ १६ गतेदेखि विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्