Logo
Logo

आयोजकले बोलाएको कलाकार नआएपछि महोत्सव स्थलमा तोडफोड र आगजानी



विराटनगर । आयोजकले बोलाएको कलाकार नआएपछि सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ ।

महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसारीलाल यादवको प्रस्तुति तय गरेको थियो । खेसारीलाल कार्यक्रममा नआएपछि आक्रोशित भिडले कार्यक्रम स्थालमा तोडफोड गर्नुका साथै भारतीय चारवटा गाडिमा आगजानी गरेको हो ।

कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेको थियो । पुस २३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो ।

सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भिड आक्रोशित बनेपछि उक्त घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्