
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचारबारे छलफल गरेको छ । पार्टी कार्यालय परिरसडाँडामा आज बसेको स्थायी समिति बैठकमा तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल भएको हो ।
तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको र आजै बस्ने संयन्त्रको बैठकमा पनि छलफल गरिने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रवक्ता महराका अनुसार संयन्त्रको बैठकमा छलफल भएपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिनेछ ।
सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा सहमति जुट्न बाँकी छ । गठबन्धनका शीर्ष नेताहरु लगातार छलफलमा जुटेका छन् ।
निर्वाचन आयोगले भने बैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्नसकिने प्रस्ताव गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (हिजो) राष्ट्रका नाममा सम्बोधन गर्दै तीन वटै तहको निर्वाचन यहि वर्षभित्र हुने बताएका थिए ।












