Logo
Logo

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पस्यो पानी, यात्रुलाई सास्ती


0
Shares

काठमाडौं । बुधबार दिउँसो एक्कासि परेको असिना सहित दर्के झरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनभित्र पानी पसेको छ ।

टर्मिनल भवनभित्र पानी पसेर भुइँ जलमग्न भएपछि विभिन्न गन्तव्यका लागि उड्न तयार यात्रुहरू समस्यामा परेका छन् ।

विभिन्न वायुसेवा कम्पनीका चेक इन काउन्टरमा बोर्डिङ पास लिएका यात्रुसँगै भित्र रहेका यात्रु बाहिर निस्कन पानीका कारण समस्या भएको हो ।

विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार दर्के पानी कमसल छानोबाट चुहिएर भुइँ जलमग्न भएको हो ।

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल भवनमा गत वर्ष पनि बर्खा याममा यसैगरी पानी पसेर जलमग्न भएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000