Logo
Logo

एसईई परीक्षा बैशाखमा गर्ने बोर्डको तयारी


4.5k
Shares

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो वैशाख महिनामा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा बैशाखमा हुने जनाएको हो ।

आगामी वैशाखको सुरुबाटै मा परीक्षा सञ्चालन हुने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । त्यसका लागि परीक्षा तालिका केही दिनमा सार्वजनिक गरिने उनले जानकारी दिए ।

“परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ । विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ”, उनले भने । वैशाख महिनामा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उनको भनाई छ ।

माघको पहिलो साता बितिसक्दा समेत एसईई परीक्षाको टुंगो नलाग्नु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राख्दा विद्यार्थी, शिक्षक तथा अभिभावकहरु एसईई परीक्षा हुने वा नहुने भन्ने विषयमा तनावमा थिए ।

प्रतिक्रिया दिनुहोस्