
काठमाडौं । स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको छ ।
बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने सन्दर्भमा सत्तारुढ दल छलफलमा रहेका छन् ।














