
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको जनवर्गीय संगठनले स्थानीय तह निर्वाचन घोषणा गर्नुपर्ने माग गर्दै सडक आन्दोलन गर्ने भएको छ ।
भक्तपुरमा आज बसेको जनवर्गीय संगठनको बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा एमालेको विभिन्न २२ वटा जनवर्गीय संगठनका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष सहभागी थिए ।
एमाले जनसंगठन इन्चार्ज भानुभक्त ढकालले निर्वाचनविरोधी सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने बताए । एमालेको जनवर्गीय संगठनले स्थानीय तह निर्वाचनको मिति चाडै घोषणा गर्न माग गर्दै आन्दोलनमा उत्रिने निर्णय गरेको उनले बताए ।
ढकालले भने– ‘एमालेले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने उदेश्यले देशैभरी आन्दोलनमा उत्रिदैछ ।’
सरकारले स्थानीय तहको निर्वाचन पछि सार्ने बहाना गरिरहेको निष्कर्ष निकाल्दै एमालेले सरकारविरुद्ध जनदवाव सिर्जना गर्न लागेको एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता ढकालले बताए ।












