Logo
Logo

प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो, माघ २६ गते बस्ने


3.4k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सारिएको छ । आज (आइतबार)का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोकेको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्