Logo
Logo

सहिदहरुप्रति प्रचण्डको श्रद्धाञ्जली


3.2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहानियाँ राणाशासनविरुद्ध जीवन आहुति दिने अमर सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आज सहिद दिवसको अवसरमा प्रचण्डले प्रजातान्त्रिक शासन व्यवस्था ल्याउन जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने वीर सहिदहरु प्रति शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायतका सम्पूर्ण सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

‘जहानियाँ राणाशासन विरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि वीरतापुर्वक जीवन आहुति दिने अमर सहिदहरु शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’,
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्