Logo
Logo

एमाले अध्यक्ष ओलीलाई कारवाही माग गर्दै प्रशासनमा उजुरी


13k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै ओलीलालाई कारवाही माग गरिएको हो ।

सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।

‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौं’, निवेदनामा उल्लेख छ ।

केही दिन अगाडि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्