
काठमाडौं । नेकपा एमाले चौरिदेउराली गाउँपालिका ३ का नेता तथा युवा व्यवसायी रमेश गौतमले पार्टी परित्याग गरेका छन् ।
उनले एमाले परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीमा प्रवेश गरेका उनलाई स्वागत तथा बधाई दिएका छन् । पछिल्लो समय एमाले परित्याग गरी माओवादीमा थुप्रै नेताहरु प्रवेश गरिरहेका छन् ।














