Logo
Logo

अनुत्पादक खर्च बढाउन मन्त्रालय विभाजन गर्न खोजियो : भट्टराई


504
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेस भट्टराईले प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाउने तयारी गरेप्रति आपत्ति जनाएका छन् ।

आइतबार प्रदेश १ का मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित हाल भएको ७ मन्त्रालय फुटाएर १२ बनाउने तयारी गरेपछि भट्टराईले अनुत्पादक खर्च बढाउन मन्त्रालय विभाजन गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

भट्टराईले पाँच दलीय गठबन्धन सरकारले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शानस लम्ब्याउन चाहेको समेत अरोप लगाएका छन् ।

‘एमाले बिरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन, आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन’, भट्टराईले सामाजिक सञ्जालमाफ लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्