काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा मानवतस्करी गर्ने कर्मचारीलाई गृह मन्त्रालयले नै जोगाएको छ । पछिल्लो एक वर्षमा भिजिट भिसाका नाममा अध्यागमनका कर्मचारीले करोडौं असुल गरेका थिए । अध्यागमनको सेटिङमा खाडी र मलेसिया पुगेका हजारौं नेपाली यतिबेला त्यहाँ उद्धारको पर्खाइमा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखहरु सुशील बैद्य र पुष्पराज शाहीको मिलेमतोमा यसरी मानव तस्करी भएको थियो । दुवै सहसचिव र अन्य कर्मचारीलाई गृहले जोगाएको छ ।
भिजिट भिसामा उड्न दिइएवापत प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म लेनदेन हुने गरेको स्रोत बताउँछ । मेनपावर एजेन्ट, ट्राभल एजेन्सी र होटल व्यवसायीसहितको गिरोहले कर्मचारीसँग मिलेर करिब एक लाख युवायुवतीलाई भिजिट भिसामा सन् २०२१ मा विभिन्न देश लगेका थिए ।
अहिले समस्या आएपछि कडाई गरिए पनि यस्तो गिरोहमाथि छानबिनसमेत नहुनुले यसमा मन्त्रालयको मिलेमतो प्रष्ट हुन्छ । ‘हजारौं पीडित भएकाले पीडितमार्फत गिरोह पत्ता लगाउन कुनै समस्या छैन,’ गृहकै एक अधिकारी भन्छन्,‘तर यो विषयमा गृहले प्रहरीलाई निर्देशन दिएको छैन ।’ प्रहरीले अनुसन्धान गर्दा कर्मचारी पनि पक्राउ पर्न सक्ने भएकाले यसरी गृहले जोगाएको हो ।
अहिले समस्या आएपछि कडाई गरिए पनि यस्तो गिरोहमाथि छानबिनसमेत नहुनुले यसमा गृह मन्त्रालयको मिलेमतो प्रष्ट हुन्छ । ‘हजारौं पीडित भएकाले पीडितमार्फत गिरोह पत्ता लगाउन कुनै समस्या छैन,’ गृहकै एक अधिकारी भन्छन्,‘तर यो विषयमा गृहले प्रहरीलाई निर्देशन दिएको छैन ।’
सहसचिव बैद्य हाल लमजुङको सिडिओ छन् । उनकै कार्यालयमा धेरै सेटिङ भएको थियो । अहिलेका प्रमुख अध्यागमन अधिकृत रहेका शाहीको समेत यसमा मिलेमतो रहेको स्रोत बताउँछ । त्यस्तै, अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईसम्मले यस्तो तस्करीको सेटिङ रहेको स्रोत बताउँछ । पछिल्लो समय सेटिङ यति बलियो भएको थियो कि पैसा बुझाएर कर्मचारीहरू अध्यागमन सरुवा हुन थालेका थिए । तर, कारबाही नहुँदा आगामी दिनमा पनि यस्तो धन्दाले निरन्तरता पाउने देखिएको छ ।












