Logo
Logo

बालुवाटारमा कोकाकोलाको सेटिङ


10.4k
Shares

काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले साढे दुई अर्ब कर छली गरेको घटनामा उन्मुक्ति दिन प्रधानमन्त्रीनिवास बालुवाटारमा सेटिङ भएको स्रोतले दृष्टिलाई जानकारी दिएको छ । राजस्व अनुसन्धान विभागले ६ महिनाअघि नै अनुसन्धान सकेको यो कर छली प्रकरणको फाइल बालुवाटारको दबाबमा रोकाएर राखिएको छ ।

एनसेलको जस्तै बोटलर्स नेपालको स्वामित्व परिवर्तनका क्रममा साढे दुई अर्ब पूँजीगत लाभकर छली भएको छ । राजस्व अनुसन्धान विभागले त्यही बराबर जरिवानासमेत गरी सो कम्पनीका सञ्चालकहरूविरुद्ध करिब पाँच अर्बको राजश्व छली मुद्दा अघि बढाउने निर्णय गरेको छ । तर, पछिल्लो समय बालुवाटारकै दबाबमा रोकिएको छ । मुद्दा चलाउन राजस्वले फाइल उच्च सरकारी वकिल कार्यालयमा पठाएकोमा त्यही रोकिएको हो ।

स्रोतका अनुसार केही करोड राजस्व तिर्न लगाएर उन्मुक्ति दिलाउने प्रयासबारे हाल बालुवाटारमा छलफल भइरहेको छ । राजस्व अनुसन्धान विभागमा पनि प्रधानमन्त्रीपत्नी आरजु देउवाका निकटस्थ प्रकाश पौडेल महानिर्देशक छन् । पौडल, महान्यायाधिवक्ता खम्बहादुर खाती, उच्च सरकारी वकिल कार्यालय पाटनका प्रमुख कृष्णमोहन कोइरालालगायतको मिलमेतोमा कोलाकोलाको उत्पादक बोटलर्स नेपाललाई उन्मुक्ति दिन लागिएको हो । यसका लागि प्रधानमन्त्रीनिकट केही बिचौलियासमेत सक्रिय छन् ।

बोटलर्स नेपालमा धेरै शेयर रहेको सब्को एसिया कम्पनीको शेयर कोकाकोला साउथ वेष्टलाई बेच्दा कर छली भएको हो । सब्कोसँग पहिला ७६ दशमलब १६ प्रतिशत शेयर थियो । सोही शेयर कोकाकोला साउथ वेष्टलाई २०७१ सालमा बिक्री भएको हो । यो विषयमा महालेखा परीक्षककले समेत पटक–पटक प्रश्न उठाउँदै आएको छ । थोरै कर निर्धारण गरी करोडौंको राजस्व छली मुद्दाबाट उन्मुक्ति दिलाउन लागिएको छ । यसरी अर्बाैं कल छलीबाट उन्मुक्ति दिए सरकार नै बदनाम हुने जोखिम भएकाले निर्णय हुन नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्