काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्दै आएको छ । यसै क्रममा काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिसंग ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।

यस सम्झौतामार्पmत बैंकका ग्राहकले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै सोल्टी इन्टरप्राइजेजअन्तर्गत सञ्चालनमा रहेका अन्य होटलमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौताअन्तर्गत बैंक र इन्टरप्राइजेजबीच प्रबद्र्धनात्मक कार्यक्रमसमेत सञ्चालन गर्ने सहमति भएको छ ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले सातवटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएममार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रियरुपमा सहभागी हुँदै आएको छ ।











