काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावलाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले सदनमा महत्वपूर्ण कुरा प्रतिपक्षबिना अघि बढाउनु दुखद् भएको बताए ।
‘सदनमा प्रतिपक्ष बेल घेरेर बसेको छ। यो अवस्थामा महत्वपूर्ण कुरा अगाडि बढाउनु दुःखद् छ । एमसीसी व्याख्यात्मक घोषणाको विषयमा यो मान्य हुन्छ की हुँदैन भन्ने चर्चा भइरहेको छ,’ उनले भने, ‘अमेरिकाले नेपालसँगको सम्बन्धलाई निरन्तरता दिने हो भने स्वीकार गर्नुपर्छ । नत्र त केही भन्नु छैन ।’
नेपालले दिर्घकालीन विकास रणनीतिको विषयलाई अघि बढाएर लैजानुपर्ने पनि उनले बताए ।











