Logo
Logo

भारतमा पुरुषको शरीरमा पाठेघर भेटियो


0
Shares

काठमाडौं । भारतको नयाँदिल्लीमा सन्तान नहुँदा स्वास्थ्य परीक्षण गराउन गएका २६ वर्षीय पुरुषको शरीरमा पाठेघर र डिम्बवाहिनी नली भेटिएको छ ।

The current image has no alternative text. The file name is: india.jpg

विवाह भएको दुई वर्षसम्म सन्तान नभएपछि चिकित्सकको सम्पर्कमा पुगेका ती पुरुषको परीक्षणका क्रममा यस्तो दुर्लभ अवस्था भेटिएको हो । भारतीय मिडियाहरुका अनुसार बाहिरी शारीरिक बनावट र पुरुषमा हुने अन्य विशेषता सामान्य रहे पनि उनको शरीरभित्र पाठेघर र डिम्बवाहिनी नली रहेको पाइएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार ती पुरुषमा जन्मजात हुने अत्यन्त दुर्लभ अवस्था देखिएको हो । चिकित्सकीय भाषामा यसलाई ‘पर्सिस्टेन्ट मुलरियन डक्ट सिन्ड्रोम’ भनिन्छ । विश्वभर अहिलेसम्म यसका ३०० भन्दा कम घटना अभिलेख भएका छन् ।

परीक्षणका क्रममा ती पुरुषका दुवै अण्डकोष सामान्य स्थानमा नरहेको र वीर्यमा शुक्रकीटसमेत नभएको पाइएको थियो । थप परीक्षण गर्दा उनको शरीरभित्र पाठेघर र डिम्बवाहिनी नली भेटिएको हो । यद्यपि, डिम्बाशय भने थिएनन् ।

चिकित्सकका अनुसार शल्यक्रियामार्फत पाठेघर, डिम्बवाहिनी नली र अण्डकोष हटाइएको छ । परीक्षणका क्रममा एउटा अण्डकोषमा क्यान्सर हुनुअघिको अवस्थासमेत देखिएको थियो । चिकित्सकका अनुसार शरीरमा पाठेघर भए पनि ती पुरुष गर्भधारण गर्न सक्षम थिएनन् ।

प्रतिक्रिया दिनुहोस्