
काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीको नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफु खोक्रो राष्ट्रवादको नसामा नभएका बताएकी छन् ।
ट्वीटरमार्फत उनले आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक काम र प्रयासहरूमा जवाफदेहिता हुने बताएकी हुन् ।
‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला।पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो’, एमसीसी संसदबाट पारित भएपछि उनले भनेकी छन्, ‘म खोक्रो राष्ट्रवादको नसामा छैन। तर म एक देश भक्त नागरीक हुँ।यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु। र, मेरा प्रत्येक काम र प्रयासहरूको जवाफदेहिता मसंग हुनेछ।’











