Logo
Logo

विपन्न विद्यार्थीलाई सहयोग


693
Shares

मङ्गलबारे । इलामको माइजोगमाई ६ प्याङका राजेन्द्र घिमिरेले जनता प्राविमा अध्ययनरत् विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् ।

आफ्नी आमा ७१ वर्षीया ललिमाया घिमिरे विश्वकर्माको निधन भएको सातौँ दिनको पुण्यतिथिका अवसरमा उनले विपन्न विद्यार्थीलाई ब्याग, कपी, कलमलगायतका आवश्यक सामग्री वितरण गरेका हुन् ।

सो अवसरमा उनले आगामी दिनमा आमाको स्मृति अक्षयकोष खडा गरेर विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायत अन्य सहयोग गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्