काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ ।
कांग्रेस र माओवादी केन्द्रले प्रस्टीकरण दिएको भोलिपल्ट एकीकृत समाजवादी पार्टीले आज अपरान्ह २ बजे पत्रकार सम्मेलनमार्फत एमसीसी अनुमोदन गर्नुपर्ने अवस्थाका बारेमा प्रस्टीकरण दिने भएको छ ।
अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूको उपस्थितिमा आयोजना हुने उक्त पत्रकार सम्मेलनमा ७ फागुनको स्थायी कमिटीको बैठकको निर्णयवाट किन पछाडि हटनु परेको थियो ? जस्ता विषयमा प्रस्टीकरण दिने बुझिएको छ ।
त्यस्तै एमसीसी अनुमोदन प्रक्रियामा सामेल नभएको प्रतिपक्ष दल नेकपा एमालेले आज अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत प्रस्टीकरण दिने भएको छ ।
गत १५ फागुनमा प्रतिनिधिसभा बैठकबाट ‘व्याख्यात्मक घोषणा’सहित बहुमतले एमसीसी पारित भएको भोलिपल्ट (सोमवार) सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत नै अनुमोदन गराउनुपर्ने कारणका बारेमा प्रस्टीकरण दिइसकेका छन् ।











