Logo
Logo

मौलिक पहिचान देशका अमूल्य सम्पत्ति हुन् : प्रचण्ड


945
Shares

फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आ–आफ्नो मौलिक पहिचान देशको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार २१४९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

उनले आज दिएको शुभकामना सन्देशमा यस्ता पर्वका माध्यमबाट नेपालीहरुमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

“देशका विभिन्न समुदायका आ–आफ्ना मौलिक सांस्कृतिक पहिचान छन् । समुदायहरुको मौलिक पहिचान देशका अमूल्य सम्पत्ति हुन् । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको पनि यो आफ्नो बेग्लै मौलिक सांस्कृतिक पर्व हो । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएका छन्,” प्रचण्डद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

प्रचण्डले बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुन विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्