Logo
Logo

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


945
Shares

फाइल फोटो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

यस्तै, निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्