Logo
Logo

हिमलुङ हिमाल हिमपहिरो- दुई जनाको शव चामे ल्याइयो


0
Shares

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा बेपत्ता भएका १० मध्ये २ जनाको शव फेला परेको छ ।

उद्धार टोलीले हेलिकप्टरमा २ जनाको शव चामे ल्याइपु¥याएका हुन् । भर्खरै २ जनाको शव लिएर हेलिकप्टर चामे आइपुगेको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

रात परिसकेकाले आज अब बाँकीको खोजी तथा उद्धार गर्न सम्भव नभएको र भोलिमात्र उद्धार कार्य हुने उनले बताए ।
हिमपहिरो र ठाडो खोलामा बाढी एकै समय आएको र मनाङमा बिजुली तथा नेटकर्वका कारण समस्या सिर्जना भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्