
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई किन पक्राउ गरियो भनेर सरकारको आलोचना भइरहेका बेला सत्तारूढ दलकै सांसदले पनि घटनाको विरोध गरेका छन् । सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले सामाजिक सञ्जालमार्फत चोलेन्द्र पक्राउ शैलीको कडा शब्दमा आलोचना गरेका हुन् ।
‘चोलेन्द्र पक्राउबारे प्रहरीले भन्यो– सुरक्षा थ्रेट’, उनले लेखेका छन्, ‘तर पक्राउको कारण गोप्य राखेर छोडियो भनियो । चोलेन्द्रमाथिको सुरक्षा खतरा कसरी ट¥यो पत्तै पाइएन ।’
काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयको टोलीले आइतबार बिहानै करिब ३ बजे सुतिरहेका चोलेन्द्रलाई सुरक्षा थ्रोट भन्दै निवासबाटै उठाएर लगेको थियो । तर, प्रहरीले उनलाई कोबाट आक्रमणको धम्की आएको छ भनेर अहिलेसम्म बताएको छैन ।
पक्राउको कारण नै नखुलाई करिब ११ घण्टा प्रहरीको नियन्त्रणमा राखेर आइतबार दिउँसो रिहा गरिएपछि सर्वत्र प्रहरी र सरकारको आलोचना भइरहेका बेला सांसद खत्रीले अगाडि लेखेका छन्, ‘चोलेन्द्रको घर डुबानको उच्च जोखिममा थियो– बगाउने खतराका कारण बेलैमा सुरक्षित स्थानमा सारियो– अहिले वर्षा रोकियो– टन्टलापुर घाम लाग्यो अनि परिवारको जिम्मा लगाएर पठाइयो’ भन्ने कुरा पनि आखिर हैन रहेछ । कुनै नागरिकले असुरक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउने काम राज्यको हो। तर प्रहरीले जसरी अपहरणको शैलीमा घरबाट उठायो यो तरिका सही भएन। हिजो सभापति रवि लामिछानेमाथि गरिएको अपहरणको शैली पनि गलत थियो र आज चोलेन्द्र शमशेर राणामाथि पनि गलत नै भयो।’
उनका अनुसार चोलेन्द्रका कर्मका विषयमा हजार प्रश्न गर्न सकिन्छ । नैतिक तथा आर्थिक पतन भएको छ भने बेहिसाब समातिनुपर्छ । त्यस्तै प्रकृतिका कथित नेताहरू पनि पक्रिनुपर्छ । ‘तर पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा समात्नु गलत भो ।’
‘I am the monarch of all I survey’ भनियो भने सरकार र कानुन प्रतिको भरोसा भुत्ते हुन्छ’, खत्रीले लेखेका छन् ।
‘चोलेन्द्र पक्राउबारे प्रहरीले भन्यो– ‘सुरक्षा थ्रे’ट’!
तर पक्राउको कारण गोप्य राखेर ’छोडियो’ भनियो। चोलेन्द्रमाथिको सुरक्षा खतरा कसरी ट¥यो पत्तै पाइएन।
‘चोलेन्द्रको घर डुबानको उच्च जोखिममा थियो– बगाउने खतराका कारण बेलैमा सुरक्षित स्थानमा सारियो– अहिले वर्षा रोकियो– टन्टलापुर घाम लाग्यो अनि परिवारको जिम्मा लगाएर पठाइयो’ भन्ने कुरा पनि आखिर हैन रहेछ।
कुनै नागरिकले असु’रक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउने काम राज्यको हो। तर प्रहरीले जसरी अपहरणको शैलीमा घरबाट उठायो, यो तरिका सही भएन। हिजो सभापति रवि लामिछानेमाथि गरिएको अपहरणको शैली पनि गलत थियो र आज चोलेन्द्र शमशेर राणामाथि पनि गलत नै भयो।
चोलेन्द्रका कर्मलाई लिएर हजार प्रश्न गर्न सकिन्छ। नैतिक तथा आर्थिक पतन भएको छ भने बेहिसाब समातिनुपर्छ। त्यस्तै प्रकृतिका कथित नेताहरू पनि पक्रिनुपर्छ। तर पक्राउ पुर्जीसमेत नदिई मध्यारातमा समात्नु गलत भो। ‘I am the monarch of all I survey’ भनियो भने सरकार र कानुनप्रतिको भरोसा भुत्ते हुन्छ।














