Logo
Logo

राष्ट्रियसभाका यी २० सदस्यको आजदेखि पदावधि सकिँदै (सूचीसहित)


504
Shares

काठमाडौं । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आज सकिँदैछ । २०७४ सालमा गठन भएको राष्ट्रियसभाका सदस्यमध्ये चार वर्ष पदावधि कायम भएकाहरुको पदावधि आजैबाट सकिन लागेको हो ।

राष्ट्रियसभाका सदस्यहरुको पदावधि २०७४ फागुन २१ देखि सुरु भएको हो । निर्वाचित भएका १९ र राष्ट्रपतिद्वारा मनोनित एक जनाको पदावधि शुक्रबार सकिँदैछ ।

फाइल फोटो

पदावधि सकिनेहरुको सूचीमा रामनारायण बिडारी, राधेश्याम अधिकारी, कोमल वलीलगायतका सांसद रहेका छन् ।
निर्वाचित भएका १९ जनाको स्थान पूर्तिका लागि गत माघ १२ मै निर्वाचन सम्पन्न भइसकेको छ । उनीहरुको सपथ कार्यक्रम शनिबारका लागि तोकिएको छ ।

क-कसको पदावधि सकियो ?

नैनकला ओझा- एमाले
अगमप्रसाद राई- एमाले
परशुराम मेघी गुरुङ- एमाले
शशिकला दाहाल- माओवादी केन्द्र

कोमल वली- एमाले
रामलखन चमार- एमाले

दृगनारायण पाण्डे- कांग्रेस
कविता बोगटी- एमाले
जीवन बुढा- माओवादी केन्द्र
ठगेन्द्रप्रकाश पुरी- नेकपा एकीकृत समाजवादी
तारादेवी भट्ट- कांग्रेस
चक्रप्रसाद स्नेही- एमाले
शेरबहादुर कुँवर- नेकपा एकीकृत समाजवादी
सुमनराज प्याकुरेल- एमाले
उदया शर्मा पौडेल- नेकपा एकीकृत समाजवादी
राधेश्याम अधिकारी- कांग्रेस
शान्तिकुमारी अधिकारी जिसी- नेकपा एकीकृत समाजवादी
खिमकुमार विक- माओवादी केन्द्र
दीनानाथ शर्मा- माओवादी केन्द्र

प्रतिक्रिया दिनुहोस्