काठमाडौं । राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्रबाहादुर के.सी.ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्नु पर्ने बताएका छन् ।

एमसीसीविरुद्ध ६ कम्युनिष्ट पार्टीको विरोध सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले नेपालमा प्रजातान्त्रिक समाजवादको गीता गाएर जनतामाथि वर्षैवर्ष शासन गर्ने काम मात्रै भएको बताए ।
स्वार्थ एमसीसी अनुमोदन गर्न अमेरिकाले पटकपटक धम्की दिएको उनले बताए । उनले भने, ‘एमसीसी पास गर्ने कि नगर्ने भनेर अमेरिकाले पटकपटक धम्कायो । कसैले दिएको अनुदान हामीलाई चाहिँदैन भन्दा नलिई हुन्न कुनै स्वार्थविना भन्दैन । अमेरिकी सम्राज्यवादले आज विश्वभरी के-के गरेको छैना ? थाहा छ ।’
उनले नेपालका ठूला पार्टीमा कसले एमसीसी पास गर्ने र अमेरिकाको आर्शिवाद लिने होट नै चलेको बताए । उनले भने, ‘ठूलो पार्टीमा कसले एमसीसी पास गरेर अमेरिकाको आर्शिवाद लिने भन्ने होट चल्यो । त्यो आर्शिवादबाट चुनाव जित्ने सत्तामा जाने खेल भयो ।’











