Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


2.1k
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।

त्यस्तै आज राति देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्