Logo
Logo

आज नेपाली क्रिकेट टोली श्रीलंका जाँदै


504
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका प्रस्थान गर्दै छ । क्रिकेट टोली आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि श्रीलंका प्रस्थान गर्न लागेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गर्ने जनाएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्सीय टोलीले श्रीलंकामा त्यहाँको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छ ।

नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उक्त सिरिजमा नेपालले युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ।

पीएनजीविरुद्ध नेपालले सिरिजको पहिलो खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा खेल्नेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।ओमान २३ खेलबाट ३० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्