Logo
Logo

एमसीसीलाई राष्ट्रघाती भन्नु संसदको अवमूल्यन हो : गगन थापा


945
Shares

मोरङ । मोनेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अवमूल्यन भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाम्रो आफनो सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रष्ट पारे ।

महामन्त्री थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै सन्धि सम्झौतामा जे छ त्यही बुझाइलाई स्पष्ट पारिएको मात्र हो भने ।

उनले एमसीसी सम्झौता व्याख्याका सम्बन्धमा कांग्रेस स्पष्ट रहेको छ भन्दै अन्य राजनीतिक पार्टीलाई थप स्पष्ट बनाउनका लागि र संसद्बाट सहजरुपमा परित गर्न यो आवश्यक भएको हुँदा आफूले यसलाई सकारात्मक रुपमा लिएको धारणा राखे ।

महामन्त्री थापाले आगामी दुई/चार महिनापछि जनतामा सो सम्बन्धमा रहेको भ्रम हट्दै जाने छ भने । उनले सम्झौताको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलाई आगामी पाँच÷सात वर्षसम्म यस सम्बन्धमा प्रश्न सोधिरहनुपर्ने अन्यथा पुनः अन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने छन् भने ।

प्रतिक्रिया दिनुहोस्