
काठमाडौं । देशको पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिक बदली रहनेछ । त्यस्तै, देशको अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश नं १ मा आंशिक बदली रहनेछ । त्यस्तै, बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेकाले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।














