Logo
Logo

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


3.1k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको १०औं अधिवेशनको १०औँ बैठक आज (आइतबार) बस्न लागेको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ ।

फाइल फोटो

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आव २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजेसंसद भवनमै बस्दै छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । सभामुखले १४ जना सांसदलाई कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्