
काठमाडौं । तनहुँको दमौली चोकमा आगलागी भएको छ । आगलागी निभाउने प्रयास भइरहेको छ । के कारणले आगलागी भयो भन्ने थाहा हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
गृह मन्त्रालयले आगो निभाउनका लागि सिम्रिक एयरसँग सहयोग मागेको छ । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको हो । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।














