Logo
Logo

संसद भंग गरौँ, यो बितण्डा पनि रहन्न : अध्यक्ष नेपाल


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसद भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।

फाइल फोटो

अध्यक्ष नेपालले भने, ‘संसदमा केपी ओली कति सहने ? एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने । त्यसैले अब संसद भंग गर्ने, संसद् पनि रहन्न, यो बितण्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔँ ।’ एमालेले संसद अवरुद्ध गरेर हैरान पारेको भन्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेकपा एमाले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लामो समययता संसद अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्